काठमाडौं । संसद सचिवालय कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गरेका छन् । बिहीबार उनले आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।
गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेशपछि डिल्लीबजार कारागार चलान गरिएका महराले आफूमाथि भएको सुनुवाइ उचित नभएको भन्दै फौजदारी कार्यविधि संहिता (२०७४ को दफा ७३) बमोजिम थुनछेक उपरको निवेदन आज दिएका हुन् ।































प्रतिक्रिया