काठमाडौं ।
करिव साढे तीन महिनादेखि भारतले नेपालमा प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ । विभागले प्रतिबन्ध आजबाट हटाए पनि उक्त निर्णयको कार्यान्वयन भने एक जनवरी २०२१ बाट लागू हुने भन्सार विभागले जनाएको छ ।
भारत सरकारले गत भदौ २९ गतेदेखि नेपालमा भारतीय प्याजमा प्रतिबन्ध लगाएको थियो । भारतले आफ्नो देशमा नै प्याजको अभाव हुने भन्दै नेपाल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य एक्कासी दोब्बरले बृद्धि भएको थियो ।
यसरी प्याजको मूल्यबृद्धि भएपछि सरकारले तरकारी बजारहरुमा अनुगमनलाई तिव्र बनाएको थियो भने प्याजमा कालोबजारी गरेको भन्दै व्यापारीहरुलाई कारबाही पनि गरको थियो । अब भारतले प्रतिबन्ध हटाएपछि नेपाली बजारमा बृद्धि भएको प्याजको मूल्यमा कमी आउने व्यवसायीहरुले बताएका छन् ।
अहिले नेपालमा दैनिक खपत हुने प्याज मध्ये ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका छ भने बाँकी चीन र नेपालकै उत्पादन प्रयोग हुँदै आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्यांक अुनसार असोज महिनामा मात्र ७ सय ७६ मेट्रिक टन प्याज आयात भएको थियो ।
गत कात्तिकमा एक हजार २९८ टन र मंसिरमा सबैभन्दा धेरै एक हजार ६९० टन र पुस १ गतेदेखि १३ गतेसम्म ८ सय ६५ टन प्याज कालीमाटी तरकारी बजारमा भित्रिएको जनाईएको छ ।































प्रतिक्रिया