नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ । नेपाल ट्रष्टको जग्गाको गेटमा नगरपालिकाले लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना प्राप्त भएपछि सोही ठाउँमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट ती व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले उक्त जग्गा स्वामित्वमा लिन खोजेको नभई संरक्षण मात्रै गरेको जनाएको छ ।

Skip This
Skip This
Logo