काठमाडौं,
पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले एकै दिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।
धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार भएको हो । हाल यस बैंकका मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइराखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्ने बैकले जनाएको छ ।
यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने गत आश्विन मसान्त सम्म बैंकले १२ करोड ४२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड प्रवाह गर्न सफल भएको छ ।































प्रतिक्रिया