रामेछाप,
रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठ रहेका छन् ।
दोरम्बा गाउँपालिका ढाक्रेबासबाट दोलखाको भैंसेजाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने ६ बजे दुर्घटना भएको हो।
प्रहरीका अनुसार घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया