मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारीमा प्रधानमन्त्री

मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारीमा प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने भएको छ। नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रीमण्डल पुनर्गठन गर्ने अनुमति दिएसँगै मन्त्रीमण्डल पुनर्गठन हुने भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सरकारको कामलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक मन्त्री हेरफेरको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो।

‘चाँडै नै मन्त्रीमण्डल हेरफेर गर्ने सहमति भएको छ, सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले हेरफेर गर्नुहुन्छ।’ –उहाँले भन्नुभयो। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारको कामलाई अझै रफ्तार दिन र संसदीय दल र पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि मन्त्री हेरफेर गर्ने आफ्नो चाहना रहेको सचिवालय सदस्यहरूलाई जानकारी गराउनु भएको थियो।

सचिवालयका एक सदस्यका अनुसार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाँचदेखि ९ जना मन्त्री परिवर्तन गर्ने सहमति भएको छ। अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रीमण्डलबाट बाहिरिने मन्त्रीहरूको नामसमेत टुंगो लगाएको ती नेताले बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo