सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरू आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउनु भएको छ।

काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिंदैन, संसारसामु शान्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन।

छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस्।कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताउनुभयो।

दशकौं अघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उश्रृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको बताउदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ। सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु, हामी कुटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौं। हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo