‘संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन’ : कांग्रेस नेता गगन थापा

‘संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन’ : कांग्रेस नेता गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे।

यसैगरी बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको थियो ।

Skip This
Skip This
Logo