श्रीलंकामा राष्ट्रपति चुनाव सम्पन्न

श्रीलंकामा राष्ट्रपति चुनाव सम्पन्न

केन्द्रबिन्दु
0
Shares

कोलम्बो,

श्रीलंकामा हिंसात्मक घटनाका बावजुद् राष्ट्रपतीय निर्वाचन भएको छ । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

मतदानमा डेढ करोड मानिस सहभागी भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार मतदान २२ जिल्लाका १२ हजार ८ सय ४५ स्थानमा मतदान भएको हो । श्रीलंकामा पछिल्लो केही महिनादेखि विभिन्न धार्मिक असहिष्णुका घटना बढ्दै छन् ।

२ सय ५० भन्दा बढीको ज्यान जानेगरी श्रृंखलावद्ध हमला भएको सात महिनापछि यहाँ राष्ट्रपतीय निर्वाचन गरिएको हो । यसबीचमा संकटकाल घोषणा गरिएको थियो ।
शनिबार राष्ट्रपतीय निर्वाचनका लागि पूर्वरक्षामन्त्री गोतव्या राजपाक्ष, पूर्वराष्ट्रपति महिन्दा राजपक्ष, सजिथ प्रेमादासा लगायत ३५ जना उम्मेद्वार छन् । धेरै उम्मेद्वारका कारण पनि अहिलेसम्मकै सबैभन्दा लामो मतपत्र थियो ।

मतदानको दिन शनिबार बिहानै मतदाता बोकेर गुडिरहेका बसमा आक्रमण भएको थियो । मुस्लिम धार्मिक वाहुल्य समुदायमा मतदातालाई लक्षित गर्दै आक्रमण भएको हो ।

आक्रमणकारीको पहिचान भने खुलेको छैन । साथै मृत्यु र घाइते भएका घटना पनि छैनन् । १० वर्षसम्म तामिल टाइगर्ससँग गृहयुद्ध झेलेको श्रीलंकालाई महिन्दा राजापाक्षको नेतृत्वमा चिनियाँ लगानीबाट तिव्र विकास भएको थियो । पछिल्लो केही महिनादेखि धार्मिक हिंसाका घटना भने तिव्र भएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo