इलामको सन्दकपुरमा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो।
यस क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग सामान्य झडपसमेत भएको बताइएको छ । भारतले कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा उनीहरूले ढुंगामुडा गरेपछि त्यसको प्रतिकार गरेको बताइएको छ ।
केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावर निर्माण कार्य अवरूध्द गरी भारतले कव्जा गरेको थियो। भारतीय सीमा सुरक्षा बलले त्यहाँ प्रवेश निषेधको बोर्ड समेत राखेका थिए, जसलाई अखिलका टोलीले फालिदिए ।
झण्डा फहराएपछि विद्यार्थीहरूले केही बेर नाराबाजी समेत गरेका थिए।































प्रतिक्रिया