तालुक्वान, अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् ।
तालिबानी लडाकूहरूले राखेको विद्युतीय धरापमा परी उनीहरूको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उनका अरू तीन जना सहकर्मीको मृत्यु भएको छ,” तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने । घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ । (रासस/सिन्ह्वा)































प्रतिक्रिया