एउटा घडीको मूल्य साढे ३ अर्ब !

एउटा घडीको मूल्य साढे ३ अर्ब !

केन्द्रबिन्दु
6
Shares

स्विट्जरल्याण्ड,

सामान्यतया एउटा घडीको मूल्य कति पर्ला ? यो प्रश्नको उत्तरमा हामीहरू केही हजारको कुरा गर्छौँ होला । तर स्विट्जरल्याण्डमा एउटा घडीको मूल्य करिव तीन अर्ब ५७ करोड (३१ मिलियन स्विस फ्रैंक) मा बिक्री भएको छ । सुन्दा पनि पत्याउन नसकिने यो घडीको मूल्य सामान्य पसलमा बेचिने घडीको भने होइन ।

घडीको बिक्री लिलामीमार्फत भएको हो । बिक्री भएपछि उक्त घडी विश्वमा नै सबैभन्दा महंगो घडी बनेको समाचारमा जनाइएको छ । घडी बेच्ने मानिसले उक्त रकम दान गर्ने बताएका छन् । उनको नाम भने खुलाइएको छैन ।

गत शनिबार स्विट्जरल्याण्डको राजधानी जेनेभाको होटल डेस बर्गसमा लिलामीको अक्सन भएको थियो । घडीको लिलामी हुने भएपछि सुरूवातमा ३ मिलियन स्विस फ्रैंक कबोल गरिएको थियो । पछि ३१ मिलियनमा लिलामी भएको थियो ।

यो घडी फिलिप कम्पनीको हो । यसको नाम ओनली वाच राखिएको छ । योभन्दा पहिले डायटोना रोलैक्स घडी विश्वको सबैभन्दा महंगो रहेको थियो । यसको मूल्य २ अर्ब तीन करोड रहेको थियो ।
एजेन्सी

Skip This
Skip This
Logo