अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा आज विहिबार नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर राखिएको हो।

शिविरको मुख्य विशेषता भनेको र्यान्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि नि:शुल्क औषधि वितरण र २८ दिनभित्र एक पल्ट नि:शुल्क फलोअप हो।
शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ। र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुँदै मंगल बजार, पुल्चोक हुँदै पुन: अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।

मधुमेह कसरी थाहा पाउने ?
वरिष्ठ चिकित्सक अंशुमाली जोशी
-खाना रुचेर पनि तौल घटदै जाने ।
-पिसाव सामान्यभन्दा धेरै पटक लाग्ने ।
-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।
-भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।
-कमजोरी हुने र खुट्टाहरू झम्झमाउने ।
-खुट्टाहरू पोल्ने ।
-पिसावमा कमिलाहरू देखिने ।
-घाउहरू छिटो निको नहुने ।
कसरी बच्ने ?
-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।
-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।
-सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
-व्यायाम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।
– दिनमा कम्तीमा आधा घण्टा हिड्ने ।































प्रतिक्रिया