‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं’ : कांग्रेस सभापति देउवा

‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं’ : कांग्रेस सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताएका छन्।

सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको बिरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रुपमा पार्टीले ठम्याएको बताए। उनले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिएपनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन् ।

उनले भने, ‘यो मुद्धा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधै अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर यो निर्णय गर, तर्साएर अदालतलाई निर्णय गर्ने काम कहिल्यै गर्दैनौं । हाम्रो इच्छा विरुद्ध होस् कि इच्छा अनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौं । अदालतलाई कुनैपनि किसिमको हस्तक्षेप, धम्क्याउने, तर्साउने हामी गर्दैनौं । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध पार्टी एक्लैले बिरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाई छ । कांग्रेसले निरन्तर बिरोधको कार्यक्रम गर्ने र बिरोधको आगामी कार्यक्रम केन्द्रिय कमिटी बैठक बसेर बनाउने पनि उनले बताए।

Skip This
Skip This
Logo