भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बाँसघारी नजिकै बुधबार टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रे घर भई भक्तपुरको जगाती बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा अस्पताल पठाइएको छ ।
बिहान करिब साढे ७ बजे प्रदेश ३–०१–००३ क ४९३५ नम्बरको टिपर बा८७प ३४७७ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । महानगरीय प्रहरी वृत्त जगातीले दुर्घटनाग्रस्त दुवै सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया