हेटौंडा । गत कार्तिक २४ गते बाराको अमलेखगंजमा भएको मोटरसाईकल दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का उदयराज सापकोटाको ज्यान गएको ३ दिनपछि उनकी घाइते श्रीमतीको पनि उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी सापकोटाकी श्रीमती दुर्गा सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो ।
बाराबाट हेटौँडा आउँदै गरेको ना ७ ख २०२ नम्बरको बसले सापकोटा दम्पती चढेको ना ६४ प ६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सापकोटाको सोही दिन नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो भने गम्भीर घाइते दुर्गाको आज मृत्यु भएको हो ।































प्रतिक्रिया