चितवन,
भृकुटी नमुना स्काउट क्याम्पोरी ०७६ सम्पन्न भएको छ । कार्तिक २२ गते बाट सुरु भई २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा १४ जिल्लाका ४८ विद्यालयबाट १ हजार १७१ विद्यार्थीको सहभागिता रहेको थियो ।
भातृत्व भगिनित्व एवं मित्रता अभिबृद्धि गर्ने, अनेकतामा एकता, नागरिकको चेतनाको विकास, मैत्री भावना, शान्ति, कला संस्कृतिको रक्षा तथा युवा÷युवती तथा किशोर÷किशोरीहरुलाई दुर्व्यसनीबाट बचाई रचनात्मक कार्यमा संलग्न गराउदै उनीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखी भृकुटी वोर्डिङ स्कुल भरतपूर–३ ले ३ दिने “भृकुटी नमुना स्काउट क्याम्पोरी” कार्यक्रम आयोजना गरिएको स्काउट शिक्षक तथा संयोजक रामु पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, संघिय संसदका माननीय सांसद एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
शाहशिक, मनोरञ्जनात्मक र वौद्धिक गरि ३ भागमा विभाजित गरिएको उक्त कार्यक्रममा शोभायात्रामा न्यु होराइजन वोर्डिङ स्कुल, प्रगति पाठशाला, लिटिल स्टार वोर्डिङ स्कुल र गुरुकुल स्कुल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।
जिल्लाका उच्च पदस्थ व्यक्ति, राजनीतिज्ञ, समाजसेवी तथा स्काउटप्रेमीहरुको सहभागितामा उद्घाटन भएको कार्यक्रमको दोस्रो दिन बृहत क्याम्पफायरका साथै अन्तिम दिन धार्मिक सहिष्णुतालाई उत्प्रेरित गर्न सर्वधर्म सभाको आयोजना गरी नारायणगढ बजार लगायत विभिन्न भागको दृश्यावलोकन कार्यक्रम समावेश गरिएको सहभागी शुभराज तिमल्सिनाले जानकारी दिए ।































प्रतिक्रिया