काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखिएको बताइएको छ । गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको बिवाद र अन्य कामका कारण हुन सकेको थिएन ।
पार्टी एकताको बाँकी काम टुंग्याउने योजनासहित आजको सचिवालय बैठक बोलाइएको नेकपाले जनाएको छ । नेकपामा केन्द्रीय आयोग, बिभागले पूर्णता पाउन बाँकी रहेको छ । आज हुने बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ ।































प्रतिक्रिया