भक्तपुर,
आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।
गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछाने विजयी हुनुभएको थियो । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।
प्रदेशसभाको गत निर्वाचनमा (एमाले) का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको थियो भने निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउनुभएको थियो । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गर्नुभएको थियो ।
यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बन्नुभएका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।































प्रतिक्रिया