तनहुँ,
जिल्लाका छुट्टाछुट्टै ठाउँमा शनिबार दुई शव फेला परेका छन् । आँबुखैरेनी र देवघाट गाउँपालिकामा एक पुरुष र एक महिलाको शव फेला परेको हो । उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आबुखैरेनी गाउँपालिका–३ स्थित मस्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
यस्तै देवघाट गाउँपालिका–५ स्थित गलेश्वर मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ । दुवै जनाको पहिचान खुलाउन प्रयास भइरहेको लामिछाने बताउनुभयो ।































प्रतिक्रिया