मादक पद्धार्थ सेवन गरेका चालकले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…

मादक पद्धार्थ सेवन गरेका चालकले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…

केन्द्रबिन्दु
0
Shares

बुटवल,

रुपन्देही प्रहरीबाट मादक पदार्थ सेवन गरि सवारी चलाएका व्यक्तिले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा एक व्यक्ति पक्राउ परेका छन् ।

राती करीब साढे दश बजेको समयमा जिल्ला रुपन्देही ओमसतिया गाउपालिका वार्ड नं. १ स्थित ठुटिपिपल चोकमा चेकजाँच गरी रहेको अवस्थामा लु २५ प ८९२७ नं. को मोटरसाईकल र लु ३१ प ६१२१ नं. को स्कुटरमा सवार बुटवल उपमहानगरपालिका वार्ड नं. १५ बस्ने बर्ष २५ का नारायण भुषाल र जिल्ला रूपन्देही ओमसतिया गाउापालिका वार्ड नं. १ बस्ने बर्ष २८ को मनिष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरि मोटरसाईकल चलाएका भुषाल र चौधरीले प्रहरीलाई अभद्र ब्यवहार गरि पाँच सयको नोट देखाउदै पैसा दिन खोजेकोले पक्राउ गरि थप कारवाही अघि बढाईएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीले बताए ।

Logo