कारगारमै यौन सम्पर्क गर्न छुट, गर्भवतीलाई दुई महिना थुना मुक्त

कारगारमै यौन सम्पर्क गर्न छुट, गर्भवतीलाई दुई महिना थुना मुक्त

केन्द्रबिन्दु
0
Shares

अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन ।

कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसंग बिताउन दिइनेछ। सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदै अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिदै छ।

२०६८ चैत २८ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बलराम केसी र गिरीशचन्द्र लालको इजलासले कारागारमा वैध दम्पतीबीच प्रजनन अधिकार सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो । गृह मन्त्रालयले आठ वर्षपछि ऐन संशोधन गरेर आदेश कार्यान्वयनमा ल्याउन लागेको हो । कान्तिपुरबाट

Logo