आलमको बयान सकियो, अब थुनछेक बहस सुरु हुने

आलमको बयान सकियो, अब थुनछेक बहस सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि अब थुनछेक बहस सुरु हुनेछ ।

२०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

उक्त मुद्दाउपर जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

Skip This
Skip This
Logo