निर्वाचन आयोगले हालै सरकारले गरेको प्रदेश प्रमुखहरूको फेरबदल निर्वाचन आचार संहिताभित्र नपर्ने जनाएको छ । यद्यपि आयोगले यसलाई गम्भीर रूपमा लिएको बताएको छ ।
निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरूको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको कुनै बुँदामा उल्लेख नभएकाले यसबाट आचार संहिता उल्लंघन भयो भन्न नमिल्ने बताए ।
सरकारले हालै सातवटै प्रदेशमा पहिलेको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी र नयाँलाई नियुक्ति दिएको थियो । उपनिर्वाचन हुन लागेका बखत यसो गर्नु निर्वाचन आचार संहिता विपरीत हुने भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले यसमा आपत्ति जनाएको थियो ।





























प्रतिक्रिया