नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच आगामी मंसिरमा हुने उपनिर्वाचनमा तालमेल हुने भएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका अनुसार दुई पार्टीबीच केन्द्र, प्रदेश एवं स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
सहमतिअनुसार जनमोर्चाले प्रदेशसभा सदस्य र एउटा वडाध्यक्ष उठाउनेछ । जनमोर्चाले बाग्लुङ–२ (ख) मा खिमविक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त क्षेत्रबाट गत निर्वाचनमा नेकपाका समर्थनप्राप्त जनमोर्चाका टेकबहादुर घर्तीले चुनाव जितेका थिए ।
त्यसैगरी प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पनि जनमोर्चाको भागमा परेको छ । त्यहाँ भक्तबहादुर बिक उम्मेदवार बन्ने पक्कापक्कीजस्तै छ ।
अध्यक्ष केसीका अनुसार बाँकी स्थानमा जनमोर्चाले उम्मेदारी नदिने र नेकपाका उम्मेदवारहरूलाई सघाउने सहमझदारी भएको छ ।































प्रतिक्रिया