सांसद शान्ता चौधरीको गाडी मध्यरातमा दुर्घटना

सांसद शान्ता चौधरीको गाडी मध्यरातमा दुर्घटना

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ ।

बा २ झ २८७१ नम्वरको  स्कारपियो गाडी गएराती दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा  गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका  डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

 गाडी राती १२ बजेर ४५ मिनेट जाँदा दुर्घटनामा परेको उनले बताए। गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा  कुनै मानविय क्षति भने भएको छैन ।
चालक रतनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Logo