पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपाल राष्ट्र बैंकको इतिहासमै पदीय दुरुपयोग गरेको आरोपमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको स्रोतले जनाएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिले सदस्य श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यमा सुवोध कर्ण र रामजी रेग्मी हुनुहुन्छ । समितिलाई छानबिनका लागि एक महिनाको समय दिइएको बताइएको छ । डेपुटी गभर्नर श्रेष्ठमाथि वित्तीय स्थायित्वमा खलल पु¥याएको र विभिन्न बैंकको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप लागेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ अनुसार गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई पदमुक्त गर्ने प्रक्रिया शुरु गर्नासाथ निजहरु आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ । सोही आधारमा डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रक्रिया शुरु भएकाले उहाँ निलम्बनमा पर्नुभएको हो ।

सो ऐन बमोजिम बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने कार्य कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा वा मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारवाहीमा बेइमानी वा बद्नियत गरेको देखिएमा पनि कारवाही हुने व्यवस्था छ ।

Skip This
Skip This
Logo