नेपाली भएकै कारण तलबमा असमानता हुनु गलत : कांग्रेस सहमहामन्त्री

नेपाली भएकै कारण तलबमा असमानता हुनु गलत : कांग्रेस सहमहामन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस बिर्टिस सैनिकहरुको तलब, सेवा सुबिधा बराबर हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

भूतपूर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले बिर्टिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको भन्दै अब तलब सेवा सुबिधा समान नभए बिर्टिस सरकारलाई बिर्टिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि सरकारलाई आग्रह गरे।

सहमहामन्त्री महतले आफू परराष्ट मन्त्री हुँदा पनि यो बिषयमा सशक्त हिसाबले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि वेलायतका राजदुत मार्फत बेलायत सरकारलाई विर्टिस सैनिकमा तलब सेवा सुविधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे। आफूले विर्टिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने पनि जिकिर गरे। सहमहामन्त्री महतले नेपालीले बिर्टिस सेना भन्दा पनि काम बढी गर्ने तर सेवा सुबिधा भने कम पाउने कुरा न्यायोचित नभएको ठोकुवा गरे।

Skip This
Skip This
Logo