पर्सामा हत्या गरिएकी महिला जीराभवानी -३,परसवाकी १८ बर्षीय नितुदेवी पाशवान रहेको खुलेको छ।
भारत बिहार पचरुखी सेढवा माइतीघर भएका नितुदेवीको शव ठोरी -५, ठूलो बाघमोर्चा नजिकैको ओरिया खोला किनारछेउको जङ्गलमा फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकको पति रामबाबु पाशवानलाई पक्राउ गरेको छ छ।पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कपिलदेव र नितुदेवीबिच एक वर्षअघि बिबाह भएको थियो ।































प्रतिक्रिया