बालिका यौन दुर्व्यवहारको आरोपमा काभ्रेका लामा पक्राउ

बालिका यौन दुर्व्यवहारको आरोपमा काभ्रेका लामा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

एघार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन् ।

प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई आजै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए । उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताउनुभयो ।

फरार अभियुक्त छ वर्षपछि पक्राउ
यता फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा ०७० सालमा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए ।

सुर्खेत जिल्ला अदालतले ०७० जेठ २२ गते ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । ०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि सुर्खेत जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । गोप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले चन्दननाथ नगरपालिका– ५ कालेखोलीबाट तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । आज पत्रकार सम्मेलनमार्फत छ वर्षदेखि फरार अभियुक्तलाई सार्वजनिक गरिएको हो ।
रासस

Skip This
Skip This
Logo