हेटौंडाकी विन्दावासीनि कंंशाकारलाई साढे ६ वर्ष अगाडि एसीड छ्यापि फरार भएका भारत महाराजगन्ज्जका दिलीप राज केशरीलाई प्रहरीले बिहिबार पक्राउ गरेको थियो । "/>

विन्दावासीनिले आफूलाई एसिड हान्नेलाई जब आफ्नै अगाडि भेटिन्….(भिडियो सहित)

विन्दावासीनिले आफूलाई एसिड हान्नेलाई जब आफ्नै अगाडि भेटिन्….(भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

हेटौंडाकी विन्दावासीनि कंंशाकारलाई साढे ६ वर्ष अगाडि एसीड छ्यापि फरार भएका भारत महाराजगन्ज्जका दिलीप राज केशरीलाई प्रहरीले बिहिबार पक्राउ गरेको थियो ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २३ भलोहिबाट लुकेर बसेकोे अवस्थामा पक्राउ परेका उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम थियो ।
त्यसका लागि हेटौडाका पत्रकारहरू र पीडित कंंशाकारसहितका आफन्तहरू भेला भएका थिए ।
प्रहरीले पीडक केशरीलाई सार्वजनिक गर्ने वित्तिकै पत्रकारहरूले पीडित युवती विन्दावासीनिलाई प्रश्न गरे।  त्यसको जवाफ दिंदै उनले अभियुक्तलाई जन्मकैद वा फाँसी सजाँय हुनुपर्ने माग गरिन् ।  उनले जन्मकैद भन्दा कम सजाँय गर्ने भए हेटौडाका सर्वसाधारणमाझ पीडकलाई छोडिदिन माग गरिन्।
आफ्नो उपचारमा ८० लाख भन्दा बढी खर्च भएको बताउंदै उनले आफूलाई सरकारबाट कुनै सहयोग नभएको भन्दै क्षतिपूर्तिको पनि माग गरिन्। निकै आवेशमा देखिएकी उनले आफूलाई सम्हाल्न सकिन्न र नजिकै उभिएका पीडक केशरीलाई कुट्न तम्सिइन्।  निकै आक्रोशित उनले केशरीको कपाल तान्दै कुट्न अघि बढिन्।  तर, नजिकै रहेका प्रहरी र उनका आफन्तले उनलाई सान्तवना दिंदै रोकिन्।
हेर्नुहोस् भिडियो

फोटो/भिडियो: हजुरको खबर डटकम  

Skip This
Skip This
Logo