आज शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा बाग्लुङ केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तीव्रता ४.५ म्याग्नेच्युड मापन गरिएको छ ।
यसअघि सोमबार मुगु केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।





























प्रतिक्रिया