काठमाडौं,
कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागि कृषि विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भई गर्नुपर्ने आवश्यक कर्यहरू अगाडि बढिसकेको छ ।
‘एडीबिएल कृषि विकास बैंक २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त भइसकेको छ भने अन्य नियामक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्वारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुंँदैछ ।































प्रतिक्रिया