बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन् । पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले आज विहान पक्राउ गरेको हो।

परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार १८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको आरोप लगाएकी छिन्।

पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए। अनुसन्धानकै क्रममा रहेकाले अहिले नै यसै भन्न नसकिने पनि प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo