मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ ।
शनिबार बाराको अमलेखगंजमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा आपूर्तिमन्त्री मातृका यादबले दुबै पाइपलाइन परियोजनाको शिल्यान्यास गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तार कार्य सँगसँगै हुनेछ ।
भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल १३१ किलोमिटर ग्याँस पाईपलाईन निर्माण र अमलेखगञ्जबाट चितवनको लोथर सम्म करिव ६२ किलोमिटर पाइपलाइन विस्तार हुने बताइएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइन निर्माणमा ९ अर्ब ८६ करोड र मोतिहारी–चितवन ग्याँस पाइपलाइनमा १५ अर्ब रुपैंया लाग्ने अनुमान गरिएको जानकारी दिए । अमलेखगञ्जदेखि हेटौडासम्म कान्तिराजपथको किनारबाट र हेटौडादेखि लोथरसम्म महेन्द्र राजमार्गको किनारै किनार पाइपलाइन योजना रहेको निगमले जनाएको छ ।
यसअघि भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको सरकारले अब खाना पकाउने ग्याँस पनि पाइपलाइनमार्फत ल्याउने तयारी थालेको हो । पाइपलाइन निर्माणमा आइओसीले पनि सघाउने छ । यसअघि मोतीहारी–अमलेखगन्ज पाइपलाइन निर्माण गर्दा ७० प्रतिशत आइओसी र ३० प्रतिशत निगमले लगानी गरेका थिए ।
मोतीहारीबाट अमलेखगन्जसम्म पाइपलाइन निर्माण गरेपछि अहिले चौबीसै घण्टा पाइपमार्फत डिजेल आयात भइरहेको छ ।































प्रतिक्रिया