प्रदेश नंं १ : प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान

प्रदेश नंं १ : प्रमुखद्वारा माघ ७ गते प्रदेशसभाको बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए।रासस

Skip This
Skip This
Logo