प्रहरीले हुण्डीको कारोबार गर्ने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ रजत जयनुत्रीबाट पाँच लाख ८३ हजार ५६० रुपैयाँसहित बिहार मोतिहारी १६ घर भएका कृष्णमोहन हलवार पक्राउ रहेका छन्। "/>

हुण्डी कारोबार गर्ने ६ जना पक्राउ, २९ लाख रुपैयाँ बरामद

हुण्डी कारोबार गर्ने ६ जना पक्राउ, २९ लाख रुपैयाँ बरामद

केन्द्रबिन्दु
0
Shares

प्रहरीले हुण्डीको कारोबार गर्ने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ रजत जयनुत्रीबाट पाँच लाख ८३ हजार ५६० रुपैयाँसहित बिहार मोतिहारी १६ घर भएका कृष्णमोहन हलवार पक्राउ रहेका छन्। यस्तै, कात्तिक ७ गते वीरगन्ज १६ बाटै १० लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी समातिएका छन्। प्रहरीले बारा खटुवा प्रसौनी गाउँपालिका २ का वीरेन्द्र साह, बारागढी गाउँपालिका २ का शनि जैसवाल र भारत रामगढवा थाना ग्राम बस्ने सकिर मियाँलाई पक्राउ गरेको हो।

साह र जैसवालको साथबाट जनही दुई लाख पचास हजार र मियाँको साथबाट पाँच लाख रुपैयाँ बरामद भएको छ । यस्तै, प्रहरीले शुक्रबार बिहान वीरगन्ज १६ शंकराचार्य गेटबाट भारत बिहार पूर्वी चम्पारण थाना सुगौली बस्ने गोपालप्रसाद अग्रवाललाई ९ लाख रुपैयाँसहित पक्राउ गरेको छ। वीरगन्ज १६ बस्ने मुन्टुकुमार साहको साथबाट चार लाख पचास हजार रुपैयाँ बरामद गरेको छ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरिएको हो।  उनीहरूमाथि अवैध वित्तीय करोबार कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo