प्रधानमन्त्रीले एक्सन रुमबाटै गरे राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

प्रधानमन्त्रीले एक्सन रुमबाटै गरे राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका छन् । बुधबार दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई साथमा राखेर सिंहदरबारस्थित एक्सन रुमबाटै ओलीले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन् ।

एक्सन रुमबाटै गरे राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा सम्बन्धित मन्त्रीहरु । तस्बिरः प्रधानमन्त्रीको प्रेश सल्लाहकार कुन्दन अर्याल ट्वीट ।

प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन आयोजना, रानीजमरा र सिक्टा सिँचाई आयोजना तथा पुष्पलाल लोकमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन् ।

एक्सन रुमबाटै अनुगमन गर्ने क्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रधानमन्त्री पत्नी राधिका शाक्य थिए ।

मन्त्रिहरुलाई कडा निर्देशनः
अनुगमन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए ।

Logo