पशुपति आर्यघाटका कामदारहरू आन्दोलित, दाहसंस्कार प्रभावित

पशुपति आर्यघाटका कामदारहरू आन्दोलित, दाहसंस्कार प्रभावित

केन्द्रबिन्दु
0
Shares

पशुपति आर्यघाटका कामदारहरु आन्दोलित भएका छन् ।

उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम बन्द गर्ने चेतावनी दिएका छन् । घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले अनिश्चितकालिन आन्दोलनको चेतावनी दिएका हुन्।

अहिले उनीहरूले एउटा शव जलाएबापत कामदारले १ हजार २ सय रुपैयाँ पाउँछन्। त्यसमा कोषले १० प्रतिशत रकम कटाएर १ हजार ८० रुपैयाँ दिने गरेको छ।  यसलाई बढाएर २ हजार पुर्‍याउनुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी कोषले दिने उपदान रकमसमेत वृद्धि गर्नुपर्ने उनीहरूको माग छ। १५ वर्ष काम गर्नेहरूले अहिले २ लाख उपदान पाउने गरेकोमा यसलाई वृद्धि गरेर १० लाख रुपैयाँ पुर्‍याउनुपर्ने उनीहरूको माग छ।  यस्तै स्वास्थ्य उपचारको पनि उचित व्यवस्था हुनपर्ने माग  पशुपति आर्यघाटका कामदारले पशुपति क्षेत्र विकास कोषसँग गरेका छन्।

कामदारहरू आन्दोलनमा उत्रिएपछि दाहसंस्कार लगायतका कामहरू प्रभावित भएका छन्। उनीहरूलाई पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले वार्तामा बोलाएका छन् ।

Skip This
Skip This
Logo