लेबनानको आन्दोलन विद्रोहकै रुपमा

लेबनानको आन्दोलन विद्रोहकै रुपमा

केन्द्रबिन्दु
0
Shares

लेबनान,
लेबनानमा पछिल्ला दिनमा उठेको विशाल आन्दोलनलाई ‘क्रान्ति’ भन्न थालिएको छ । सडकमा उत्रिएका लाखौं प्रदर्शनकारीले राजनीतिक सम्भ्रान्तका विरुद्धको रुपमा चर्का नारावाजी लगाएका छन् ।

राजधानी बेइरटमा मंगलबार पनि विशाल आन्दोलन उत्रिएको थियो । राजनीतिक नेतृत्वबाटै आफूहरुमाथि धोका र शोषण भएको आन्दोलनकारीहरुको भनाई छ । पछिल्लो समय उक्त आन्दोलन सत्ता परिवर्तनकै तहमा लक्षित भएको स्थानीय मिडियाको टिप्पणी छ ।

करको विरोध गर्दै सुरु भएको प्रदर्शन पछिल्ला दिनमा एक विद्रोहकै रुपमा उठेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo