काठमाडौं,
चार दिने गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको मेलामा करिब ४० हजारले अवलोकन गरे भने ७१ लाख बराबरको पुष्प जन्य वस्तुको कारोबार भएको महासचिव विश्वमणी पोखरेलले बताउनु भयो ।
चार दिने मेलाको अन्तिम दिन करिव आठ हजार पाँचसयले अवलोकन गरेको र १५ लाख बराबरको कारोबार भएको थियो । मेला संयोजक शिवबहादुर खड्काका अनुसार पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपैयाँको कारोवार भएको थियोे ।
त्यस्तै शनिवार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपियाँ बाराबरको कारोबार भएको थियो भने आइतवार १० हजारले मेला अवलोकन गरेका थिए त्यसमा साँढे १९ लाख रुपैयाँको कारोबार भएको थियो ।
मेलामा अपेक्षा भन्दा बढीको अवलोकन र कारोबार भएकोमा आफूहरू थप उत्साहित भएको अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । “वर्षेनी उपभोक्ताले पुष्प क्षेत्रलाई माया गर्ने क्रम बढ्दो छ, हामी पनि उपभोक्ताको माग बमोजिम उत्पादन बजारमा ल्याउने कोसिसमा लागिरहेका छौं,” उहाँले भन्नुभयोे ।
यो वर्षको गोदावरी मेलामा १६ नयाँ प्रजातिको फूलको समेत प्रदर्शनी गरिएको थियो ।
गोरखापत्रबाट
आयोजकले यो वर्षको गोदावरी फुलको मेलामा ३५ हजारको अवलोकन र ५० लाखको कारोबारको अनुमान गरेका थिए । यो वर्षको मेलामा लक्ष्य भन्दा पाँच हजार बढी अवलोकनकर्ता र २१ लाख बढी कारोबार भएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया