काठमाडौं । ललितपुरको कुपन्डोलमा एउटा कार रेष्टुरेन्टभित्र छिर्दा तीन जना घाइते भएका छन् । सोमबार दिउँसो ज्रेबा क्रसिङ नजिकै महिलालाई देखेर एकाएक ब्रेक लगाउन खोज्दा कार रेष्टुरेन्टभित्र पसेको हो । कारको ठक्करबाट एक महिला र दुई जना मोटरसाइकल चालक घाइते भएका हुन् ।
७० वर्षीय वृद्ध मुनिराज उपाध्यायले चलाइरहेको ‘प्रदेश ३ बीएए २०६९’ नम्बरको कारलाई महिलालाई बचाएर अन्यत्र मोड्ने क्रममा नकिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र हुत्तिएर छिरेको हो ।
रेष्टुरेन्टभित्र वालमा ठोक्किएपछि मात्रै कार रोकिएको लतिलपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईको भनाई छ । रेस्टुरेन्टको बाहिरपट्टि मान्छे नहुँदा मानवीय क्षति हुनबाट जोगिएको उनले बताए । कारको ठक्करबाट सकुन खड्का घाइते भएकी छन् । उनको सर्वाङ्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कारको अग्र भागमा क्षति पुगेको छ भने चालक उपाध्याय सकुशल छन् । उनले महिलालाई बचाउन खोज्दा रेष्टुरेन्टतिर पुगेको बयान दिएका छन् ।
उपाध्याय कार सर्भिसिङ गरेर सानेपातर्फ जाँदै थिए । कारले अन्य दुई जना मोटरसाइकल चालकलाई समेत ठक्कर दिएको थियो । उनीहरु समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया