काठमाडौं । भारतको जम्मु कास्मिरमा दुई गोर्खा सैनिकको मृत्यु भएको छ । आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा एक नेपाली र अर्का नेपाली मूलका भारतीस सैनिकको मृत्यु भएको हो ।
गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो । नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
त्यस्तै नेपाली मुलकै जवान पदमबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन् । त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो।
भारतले युद्धविरामको उल्लंघन गर्दै पाकिस्तानले युद्ध शुरु गरेको आरोप छ । भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको थियो ।
भारतीय सेना प्रमुख विपिन रावतका अनुसार पाकिस्तानी गोलाबारीपछि भारतले जवाफी कारवाही गरेको हो । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा ।





























प्रतिक्रिया