दोलखा,
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताउनु भएको छ । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रममा मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । भट्टराईले भन्नुभयो, “आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अवरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु ।”
कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सामुदायिक रेडियो प्रचार सङ्घका कोषाध्यक्ष लक्ष्मण खडकालगायतले आफ्नो मन्तव्य दिएका थिए । ।
जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सो अवसरमा सम्मान गरिएको थियो । महोत्सव तीनदिनसम्म चल्ने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योती खडकाले जानकारी दिए ।






























प्रतिक्रिया