उखु किसानको आन्दोलन निरन्तर, आज पनि उत्रिए माइतीघर मण्डलामा

उखु किसानको आन्दोलन निरन्तर, आज पनि उत्रिए माइतीघर मण्डलामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।

चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

Logo