नेपालमा भन्दा भारतमा पेटभरि खान नपाउने धेरै

नेपालमा भन्दा भारतमा पेटभरि खान नपाउने धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

यसपटक ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा रहेका ११७ देशको सूचीमा भारत नेपालभन्दा पछाडि परेको छ। ग्लोबल हंगर इन्डेक्सको सूचीमा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ।

ग्लोबल हंगर इन्डेक्सको सूचीमा तल पर्नुको अर्थ हुन्छ, तल परेका देशका बासिन्दाले पेट भरिने गरी खान पाउँदैनन् । यति मात्र होइन जिएचआईले बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइ अनुसार वजन (बडी मास इन्डेक्स) रहेको र बालबालिका कुपोषित रहेको समेत जनाउँछ।

यी सबै मामिलामा भारतको स्थिति दक्षिण एसियाली राष्ट्रमा श्रीलंका नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि खराब रहेको उक्त इन्डेक्सले देखाएको छ।

इन्डेक्सको सूचीमा श्रीलंका ६६ औं स्थानमा, बंगलादेश ८८ औं स्थानमा र पाकिस्तान ९४ औं स्थानमा रहेको छ। दक्षिण एशियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र रहेको छ। अफगानिस्तान इन्डेक्सको १०८ औं स्थानमा रहेको छ। माल्दिभ्स इन्डेक्समा समेटिएको छैन भने भुटानबारे तथ्यांक नपाएको कुरा इन्डेक्समा उल्लेख गरिएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo