कांग्रेसको आगामी बैठक पुस १९ गते बस्ने

कांग्रेसको आगामी बैठक पुस १९ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक पुस १९ गते बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनः बस्ने निर्णय गरेको हो ।

आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शुक्रबार केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

Skip This
Skip This
Logo