महरालाई काठमाडौं जिल्ला अदालत लगियो

महरालाई काठमाडौं जिल्ला अदालत लगियो

केन्द्रबिन्दु
0
Shares

बलात्कार प्रयास गरेको आरोपमा  पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालत काठमाडौँमा लगिएको छ।

प्रहरीले अनुसन्धानका लागि म्याद थप्न गर्न मंगलबार अदालत लगेको हो । महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस हुने छ।

प्रहरीले पक्राउ गरेसँगै उच्च रक्तचाप र तनावका कारण नर्भिक अस्पतालमा भर्ना भएका उनलाई सरकारी वकिल कार्यालय पश्चात काठमाडौं जिल्ला अदालत लगिएको परिसरले जनाएको छ ।

महराको म्याद थप निवेदन जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलासले हेर्ने भएको छ। महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गर्ने छन्।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयास गरेको उजुरी गरेपछि महरालाई असोज १९ गते पक्राउ गरिएको हो ।

Skip This
Skip This
Logo