ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

केन्द्रबिन्दु
0
Shares

सिन्धुली,

चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा यात्रुहरुको भाडा फिर्ता गरि चाडपर्वमा यात्रु ठगिनबाट जोगाइएको हो।

दसैं सकिएर काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको तथा यातायात व्यवसायीले यात्रु ठग्ने र दुःख दिने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच कडाई गरेको थियो । ‘विपि राजमार्ग भएर गुड्ने अधिकांश सवारी साधनले यात्रु ठग्ने क्रम बढेपछि सिन्धुली ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको हो’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रामेश्वर पाण्डेले भने ‘दसैंको समयमा बढी भाडा लिएको गुनासो गर्ने एक सय ३१ जनाको भाडा फिर्ता गराएका छौं।’ उनले एक सय ३१ जनाको २९ हजार ६ सय रुपैयाँ भाडा फिर्ता गराइएको जानकारी दिए। दसैं मनाएर आफ्नो गन्तव्यतर्फ जाने यात्रुसँग मनपरी भाडा उठाएको गुनासो बढेपछि सिन्धुली ट्राफिक प्रहरीले सवारीलाई कारवाही गरेको छ। विपी राजमार्गस्थित सिन्धुलीको हिरापानीमा गरेको चेकजाँचमा एकै दिन सवारी कारवाहीमा ७१ हजार राजस्व उठेको ट्राफिक असई पाण्डेले जानकारी दिए।
नागरिकबाट

Skip This
Skip This
Logo