अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

केन्द्रबिन्दु
0
Shares

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

पुरस्कार पाउनेमा भारतीय मुलका अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमर रहेका छन् । भारतीय मुलका बेनर्जीले सन् १९८१ मा कोलकाता विश्वविद्यालयबाट बीएस्सी गरेका थिए भने १९८३ मा जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए भने अमेरिकाको हार्वड विश्वविद्यायलबाट १९८८ मा विद्यावारिधि गरेका थिए ।

विश्वभरको गरिबी न्यूनिकरणका लागि उनीहरुले गरेको ‘एक्सपेरिमेन्ट एप्रोच’का लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो । पछिल्लो २ दशकमा यो एप्रोचलेले ठूलो भूमिका खेलेको बताइन्छ ।

Logo